महेश बस्नेतको कार्यक्रम तीनकुनेमा गर्न प्रशासनको अनुमति


काठमाडौं – माइतीघर मण्डलामा कार्यक्रम गर्न नपाउने भएपछि नेकपा एमालेका नेता महेश बस्नेतले तीनकुनेमा कार्यक्रम आयोजनाको अनुमति पाएका छन् ।

एमालेनिकट युवा संघ नेपाललाई प्रदर्शनका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंले तीनकुनेमा प्रदर्शन गर्न अनुमति दिएको हो ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईँ र एमालेनिकटको राष्ट्रिय युवा संघ साथै अनेरास्ववियुको कार्यक्रमस्थल जुधेपछि सम्भावित सुरक्षा चुनौतीलाई ध्यान दिँदै प्रशासनले माइतीघर,नयाँ बानेश्वर क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको थियो ।

प्रसाईं र बस्नेतले एकै दिन कार्यक्रम गर्ने तयारी गरेपछि प्रशासनले काठमाडौँको सुरक्षा व्यवस्थामा पनि कडाइ गरेको छ ।

व्यवसायी प्रसाईंले पछिल्लो समय राजतन्त्रको वकालत गर्दै आएका छन् भने उनी र नेकपा एमालेका नेता महेश बस्नेतबीच आरोपप्रत्यारोप हुदैँ आएको छ ।

दुवै पक्षले शान्ति सुरक्षा कायम राख्नेबारे लिखित रूपमा प्रतिबद्धतासमेत जनाइएको र फरक-फरक ठाउँमा शान्ति सुरक्षा कायम हुनेगरी प्रदर्शन गर्ने प्रशासनले जनाएको छ ।

प्रतिक्रिया