
फाइनल प्रवेशका लागि अस्ट्रेलियाले पायो २१३ रनको लक्ष्य
नयाँ दिल्ली – एक दिवसीय विश्वकप क्रिकेटको फाइनल पुग्नका लागि अस्ट्रेलियालाई २१३ रनको लक्ष्य पाएको छ।
दोस्रो सेमिफाइनलमा पहिला ब्याटिङ गरेको दक्षिण अफ्रिकाले ४९.४ ओभरमा सबै विकेट गुमाएर २१२ रन जोड्दै उक्त लक्ष्य प्रस्तुत गरेको हो ।
दक्षिण अफ्रिकाका डेभिड मिलरले १०१ रन जोडे । हेनरिच क्लासेनले पनि ४७ रन जोडे । २४ रनमा ४ विकेट गुमाएको दक्षिण अफ्रिका उक्त साझेदारीपछि खेलमा फर्कने अनुमान गरिए पनि पाँचौं विकेटका रुपमा क्लासेन आउट भएलगत्तै लगातार दबाबमा आएको थियो । मिलरले सम्हालिएर खेल्दै शतक पूरा गरे ।
अस्ट्रेलियाका मिचेल स्टार्क र प्याट कुमिन्सले ३/३ तथा जोस हेजलउड र ट्राभिस हेडले २/२ विकेट लिए ।
दक्षिण अफ्रिका हालसम्म एक दिवसीय विश्वकपको फाइनल पुग्न सकेको छैन ।



कागजपत्र |
