


अफताब आलम मुद्दाः बहसनोट पेश गर्न जिल्ला अदालतको आदेश

काठमाडौं – पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता अफताब आलमको मुद्दामा बहस नोट पेश गर्न रौतहट जिल्ला अदालतले आदेश दिएको छ ।
इँटा भट्टामा जिउँदै मान्छे जलाएको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका पूर्व मन्त्री आलमको मुद्दामा अदालतले बहस नोट मागेको हाे।
बाबुकाजी बानियाको इजलासले मुद्दाको गम्भीरता जटिलतालाई बिचार गर्दा जिल्ला सरकारी वकिलको तर्फबाट र प्रतिवादीहरूका कानुन व्यवसायीको तर्फबाट १५ दिन भित्र बहस नोट माग गरि पेश गर्न आदेश दिइएको हो ।
२७ चैत २०६४ मा रौतहटको राजपुरमा भएको बम विस्फोटमा परेर घाइते भएका त्रिलोकप्रताप सिंह, ओसी अख्तरलगायतलाई जिउँदै जलाएको आरोपमा पूर्वमन्त्री आलमलाई २०७६ असोजमा प्रहरीले पक्राउ गरेको थियो ।
बुधबार इजलासले सो मुद्दाको विषयमा सबै विषय समेटेर टिपोट पेश गर्न जिल्ला अदालत प्रशासनलाई आदेश दिएको छ ।

