
नेपाल र ओमानबीचको खेल हेर्न प्रधानमन्त्री प्रचण्ड त्रिवि मैदानमा
काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल र ओमानबीचको क्रिकेट खेल हेर्न त्रिभुवन टीयु मैदानमा पुगेका छन्।
टीयु मैदानमा जारी आईसीसी टीट्वेन्टी विश्वकपअन्तर्गत एसिया क्षेत्र छनोट फाइनल खेलमा नेपालले ओमानलाई १८५ रनको लक्ष्य प्रस्तुत गरेको छ।
नेपालले ६ विकेटको क्षतिमा ओमानविरुद्ध १८४ रन बनाएको हो। अहिले नेपालविरुद्ध ओमानले ब्याटिङ गरिरहेको छ। ओमानले १ विकेटको क्षतिमा ४२ रन बनाएर खेलिरहेको छ।



कागजपत्र |
