भूकम्पबाट घाइतेको निःशुल्क उपचार गर्ने सरकारको निर्णय


काठमाडौं – सरकारले भूकम्पबाट घाइते भएकाहरुको नि:शुल्क उपचार गर्ने भएको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले भूकम्पबाट घाइते भएका सवैलाई निशुल्क उपचार गर्ने निर्णय गरेको स्वास्थ्यमन्त्री मोहन बस्नेतले जानकारी दिए ।

त्यसका लागि देशका अस्पतालहरु वीर, ट्रमा सेन्टर लगायतका अस्पताल तयारी अवस्थामा राखिएको सरकारले जनाएको छ ।

साथै  घाइतेहरुको रेस्क्यु लगभग सकिएकाले अव पीडितहरुको व्यवस्थापनमा सरकारले ध्यान दिने उनको भनाइ छ ।

बैठकमा भूकम्प पीडितहरुलाई आर्थिक सहायत दिने भनिएपनि निर्णय भैनसकेको उनले जनाएका छन् । ‘पहिला ३ लाख दिइएको हो । त्यसमा केही बढाउने कुरा छ’, मन्त्री बस्नेतको भनाइ छ ।

उनले भूकम्प पीडितलाई तत्काल आवश्यक टेन्ट, पाललगायतका सामग्री अभाव हुन नदिने पनि बताए ।

 

प्रतिक्रिया