सन्दीपले दिलाए नेपाललाई तेस्रो सफलता


काठमाडौं — नेपालविरुद्ध विस्फोटक सुरुवात गरेको मलेशियाले तेस्रो विकेट गुमाएको छ ।

१० ओभरमा ८५ रन बनाएको अवस्थामा नेपालका लागि सन्दीप लामिछानेले तेस्रो सफलता दिलाएका हुन् ।

यसअघि नेपालका अविनाश बोहोराले १ विकेट लिएका थिए भने अर्को विकेट सन्दीपको बलिङमा रनआउट भएका थिए ।

आइसिसी टी-२० विश्वकप छनोट अन्तर्गत दोस्रो खेल खेलिरहेको नेपालले मलेशियाविरुद्ध आज टस हारेर बलिङ गरेको हो । विस्फोटक सुरुवात गरेको मलेशियाको पहिलो विकेट बोहोराले लिएका थिए ।

प्रतिक्रिया