
बाराको कलैयामा गोली चल्यो, एक जना घाइते
बारा – बाराको कलैयामा गोली चलेको छ ।
मधेस प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी जनक भट्टराईले गोली चलेको पुष्टि गरे ।
कलैयामा गोली चल्दा मुकेश सराफ घाइते भएका उनले बताए । घटनाबाट विस्तृत विवरण नआइसकेको प्रहरीले जनाएके छ ।
जिल्ला प्रहरी कार्यालय बाराको प्रहरी टोली घटनास्थलतर्फ गइरहेको उनले जानकारी दिए । थप विवरण आउन बाँकी रहेको उनले बताए ।



कागजपत्र |
