आजदेखि एनआरएनएलाई नागरिकता, पहिलो नागरिकता कुल आचार्यले पाउने


काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज गैरआवासीय नेपालीहरुलाई नागरिकता वितरणको शुभारम्भ गर्ने भएका छन् ।

प्रधानमन्त्री दाहालले प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान ७ बजे नागरिकता वितरण कार्यको शुभारम्भ गरिने प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए ।

आजैबाट गैरआवासीय नेपाली सङ्घ, अन्तर्राष्ट्रिय समन्वय परिषद् ९एनआरएनएको० ११औँ विश्व सम्मेलन काठमाडौँमा सुरु हुँदैछ । सोही दिन पारेर सरकारले नागरिकता वितरण सुरु गर्न लागेको हो ।

यसैगरी पहिलो गैरआवासीय नागरिकता एनआरएनए अध्यक्ष कुल आचार्यलाई प्रदान गरिने भएको छ ।

आचार्यले सामाजिक सञ्जालमार्फत पहिलो गैरआवासीय नागरिकता आफूलाई प्रदान गर्न लागेकोमा आभार व्यक्त गरेका छन् ।

उनले लेखेका छन्- “एकपटकको नेपाली, सधैंको नेपाली” भन्ने भावनालाई मूल मन्त्र मानेर दुई दशकदेखि संघर्ष गर्दै आएको प्रतिफलस्वरूप नेपालको संविधानमा गैरआवासीय नेपाली नागरिकताको प्रावधान स्थापित गर्न सफल भएका थियौं । यो हामी सम्पूर्ण गैरआवसीय नेपाली समुदायका लागि गौरव, हर्ष र सफलताको क्षण हो । संविधानको यही प्रावधानअनुसार अहिले बिहान ७ः०० बजे सम्माननीय प्रधानमन्त्रीज्यूले मलाई पहिलो गैरआवासीय नेपाली नागरिकता हस्तान्तरण गर्दै हुनुहुन्छ र मैले ग्रहण गर्दै छु । यो क्षण हामी सम्पूर्ण गैरआवासीय नेपाली समुदायका लागि हर्ष र गौरवको क्षण हो ।

प्रतिक्रिया