मुखिया र ओझालाई जगदम्बा श्री र मदन पुरस्कार अर्पण


काठमाडौं – २०७९ सालको मदन पुरस्कार र जगदम्बा श्री पुरस्कार आज सोमबार अर्पण गरिएको छ ।

ललितपुरमा भएको कार्यक्रममा मदन पुरस्कार गुठीका अध्यक्ष कुन्द दीक्षितले ऐँठनका लेखक विवेक ओझालाई मदन पुरस्कार र टेकवीर मुखियालाई जगदम्बा श्री पुरस्कार अर्पण गरेका हुन् ।

मदन पुरस्कार र जगदम्बा श्री दुवै पुरस्कारको राशि चार-चार लाख रुपैयाँ छ ।

प्रतिक्रिया