

सेनामा माओवादी पूर्वलडाकुका लागि नियमको दुरुपयोग नगर्न डा. शेखर कोइरालाको चेतावनी

काठमाडौं — नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपाली सेनामा चलखेल नगर्न चेतावनी दिएका छन् ।
डा. कोइरालाले सामाजिक सञ्जालमार्फत् नेपाली सेनामा माओवादीका पूर्वलडाकुका लागि नियमको दुरुपयोग गरि बढुवा गरेकोप्रति लक्षित गर्दै उक्त कुरा बताएका हुन् ।
उनी लेख्छन्, ‘नेपाली सेनाजस्तो राष्ट्रिय सुरक्षासँग जोडिएको र सधैं राजनीतिवाट अलग रहेको संस्थामा माओवादीको पुर्व लडाकुका लागि नियमको दुरुपयोग गर्ने चलखेल स्वीकार्य छैन । सेनामा गरिने राजनीतिक चलखेलले दुर्घटना निम्त्याउने हुँदा यस्तो कार्य नगरौं । सम्बन्धित निकायहरुलाई यो कुराको हेक्का होस ।’

