भारतविरुद्ध पहिले ब्याटिङ गर्दै अफगानिस्तान


काठमाडौं – आईसीसी एकदिवसीय विश्वकपमा दुईपटकको च्याम्पियन भारतविरुद्ध अफगानिस्तानले पहिले ब्याटिङ गर्ने भएको छ ।

बुधबार नयाँदिल्लीस्थित अरुण जेट्ली रंगशालामा हुने खेलका लागि भएको टस जितेर अफगानिस्तानका कप्तान हस्मतुल्लाह साहिदीले ब्याटिङको निर्णय गर्दै घरेलु टिमलाई फिल्डिङको निम्तो दिए । प्रतियोगितामा दुवै टिमको यो दोस्रो खेल हो ।

यसअघि, पहिलो खेलमा भारतले अस्ट्रेलियाविरुद्ध ६ विकेटले हराएको थियो । अफगानिस्तान भने यसअघि पहिलो खेलमा बंगलादेशसँग ६ विकेटले नै पराजित भएको थियो ।

प्रतिक्रिया