


भेपमा सुन तस्करी गर्ने ४ जनाविरुद्ध ८ करोड बिगो कायम (पूर्णपाठ)

काठमाडौं – विद्युतीय सिगरेट (भेप)मा लुकाएर सुन तस्करी भएको प्रकरणमा जिल्ला अदालत, काठमाडौंमा मुद्दा दर्ता भएको छ ।
भन्सार चोरी पैठारी तथा संगठित अपराधको कसूरमा जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले मुद्दा दर्ता गराएको हो ।
जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले बुधबार पूर्वसभामुख कृष्णबहादुरका छोरा राहुल महरासहित ४ जनाविरुद्ध संगठित अपराध र भन्सार छलीको अभियोगमा मुद्दा दायर गरेको छ ।
आपराधिक विश्वासघात र भन्सार छलीको कसुरसमेत गरेको अभियोग पत्रमा उल्लेख छ । मुद्दामा पूर्वसभामुख महराका छोरा राहुल, चिनियाँ नागरिक दाओजिन वाङका सवारी चालक लोकेन्द्र पौडेल, थुनामा रहेका बेल्जियन नागरिक दावा छिरिङ र फरार बौद्धकी निमा गुरुङलाई प्रतिवादी बनाइएको छ । प्रतिवादीविरुद्ध ८ करोड ५५ लाख २८ हजार ३७४ बिगो कायम गरिएको छ ।

