

विश्वकप क्रिकेटः इंग्ल्यान्डद्वारा बंगलादेशसमक्ष ३६५ रनको लक्ष्य प्रस्तुत

नयाँदिल्ली – आईसीसी विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत बंगलादेशविरुद्ध इंग्ल्यान्डले ३६५ रनको चुनौती पेश गरेको छ ।
भारतको धर्मशाला मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर ३६५ रन जोडेको हो ।
इंल्यान्डका लागि विशाल स्कोर तयार पार्ने क्रममा डेविड मलनले १४०, जोय रुटले ८२ तथा जोनी बेरिस्ट्वोले ५२ रनको योगदान गरे ।
बाँकी ब्याट्सम्यानको प्रदर्शन औसत रह्यो । बंगलादेशका मेहदी हसनले ४, शोरिफुल इस्लामले ३ तथा सकिब अल हसन र तक्सिन अहमदले १-१ विकेट लिए ।
बंगलादेशले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ ।

