तरुण दलले इजरायलमा ज्यान गुमाउने १० विद्यार्थीको आत्माको शान्तिको कामना गर्दै दीप प्रज्वलन गर्ने


काठमाडौं – नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलले इजरायलमा भएको आक्रमणमा परि ज्यान गुमाउने १० जना नेपाली विद्यार्थीहरुको सम्झनामा दीप प्रज्वलन गर्ने भएको छ ।

अध्ययनका लागि इजरायल पुगेका १० विद्यार्थीहरुले हमास समूहको आक्रमणमा परी ज्यान गुमाएकोले मृतकहरुको आत्माको शान्तिको कामना गर्दै राजधानीको रत्नपार्कस्थित शान्तिबाटिकामा साँझ (मंगलबार) ५ बजे दीप प्रज्वलन गर्ने तयारी गरिएको तरूण दलका केन्द्रीय सदस्य दिनेश राईले जनाए ।

राईले मृतकहरुको शव नेपाल ल्याउनका साथै घाइतेहरुको शीघ्र उपचार र इजरायमा रहेका नेपालीहरुलाई सुरक्षित राख्नका लागि पनि सरकारले जोड दिनुपर्ने जनाए । साथै राईले उक्त अवसरमा सहभागी भइ मृतकहरूप्रति शान्तिको कामनाका लागि अनुरोध समेत गरेका छन् ।

अध्ययनका शिलशिलामा इजरायल गएका नेपाली विद्यार्थीहरुले आक्रमणमा परि ज्यान गुमाउँदा संगठन स्तब्ध भएको जनाउँदै विदेशी भूमिमा नेपालीले बिना कारण ज्यान गुमाएको घटन ज्यादै निन्दनीय भएको समते तरुण दलले जनाएको छ ।

तरुण दल अध्यक्ष विद्वान गुरुङले एक विज्ञप्ति जारी गर्दै इजरायलको पछिल्लो घटनाक्रमले उत्पन्न गरेको असहल र असुरक्षित परिस्थितिले अप्ठेरोमा परेका नेपाली नागरिकहरुको सुरक्षित उद्धार गर्न र आवश्यकता अनुसार स्वदेश फिर्ता ल्याउनका लागि सरकारसँग माग गर्दै घटनामा घाइते अन्य नेपालीहरुको स्वास्थ्य लाभको समेत कामना गरिएको छ ।

प्रतिक्रिया