नेपालगञ्जमा हट्यो कर्फ्यु, निषेधाज्ञा कायमै


बाँके – नेपालगञ्जमा कर्फ्यु आदेश हटाइएको छ । शनिबार बिहानदेखि कर्फ्यु हटाएर निषेधाज्ञा जारी गरिएको छ ।

आज बिहान ९ बजेदेखि बेलुका ८ बजेसम्म निषेधाज्ञा लगाइएको प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले बताए ।

बेलुका ८ बजेदेखि बिहान ४ बजेसम्म भने कर्फ्यु कायम रहने प्रशासनले जनाएको छ ।

निषेधाज्ञामा कुनै प्रकारको भेला, जुलुस, सभा, बैठक, प्रदर्शन वा पोस्टर, पर्चाजस्ता प्रचार सामाग्री टास्न वा लेख्न पाइने छैन । यस्तै हुलदंगा वा अशान्ति गर्ने उद्देश्यले एकै ठाउँमा पाँच जनाभन्दा बढी मानिस जम्मा हुन नपाउने गरी निषेधाज्ञा जारी गरिएको
उनले बताए ।

जिल्लामा समग्र शान्ति सुव्यवस्था कायम गर्न, सार्वजनिक सम्पतिको संरक्षण, सामाजिक सद्भाव कायम गर्न एवं मानव अधिकारको सम्मान गर्न सबैलाई कार्यालयले अनुरोध गरेको छ ।

null

 

प्रतिक्रिया