पर्यटनमन्त्रीको निर्देशनमा जुम्लाबाट बिरामीको उद्धार


काठमाडाैं – जुम्लामा दुर्घटनामा परी विगत ६ दिनदेखि गम्भीर बिरामी भएका एक व्यक्तिको उद्धार गरिएको छ । ती बिरामीलाई बिहीबार नेपाल वायुसेवा निगमको जहाजबाट उद्धार गरिएको हो ।

बिरामीलाई तत्काल थप उपचारको लागि नेपालगन्ज लैजानु पर्ने भएपनि खराब मौसमको कारण विगत केही दिनदेखि उडान नभएको अवस्थालाई मध्यनजर गरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीको विशेष निर्देशनमा निगमको जहाजबाट बिरामीको उद्धार गरिएको हो ।

बिरामीको उद्धारमा विमान पठाइँदा बिहीबार आर.ए. १२९ (ताप्लेजुङ) र आर.ए ११७ (फाप्लु) नियमित उडान रद्द हुन पुगेको नेपाल वायुसेवा निगमले जनाएको छ ।

प्रतिक्रिया