बचतकर्ताको रकम हिनामिना गर्ने सहकारीका अध्यक्ष पक्राउ


काठमाडौं – बचतकर्ताको रकम हिनामिना गरेको आरोपमा सहकारीका अध्यक्ष पक्राउ परेका छन्।

बचतकर्ताको ४ करोड ४९ लाख ९९ हजार ४४३ रुपैयाँ हिनामिना गरेको आरोपमा देउराली बचत तथा ऋण सहकारीका अध्यक्ष काभ्रेपलाञ्चोकको चौरी देउराली गाउँपालिका-६का ३९ वर्षीय रविन्द्र चौलागाई पक्राउ परेको प्रहरी प्रधान कार्यालय केन्द्री अनुसन्धान ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए।

बचतकर्तालाई मासिक/त्रैमासिक/ वार्षिक ब्याज पाउने र निर्धारित अवधि नाघेपछि निक्षेपको सम्पूर्ण साँवा,ब्याज फिर्ता गर्ने आश्वासन दिइ रकम खातामा बचत गर्न लगाइ रकम हिनामिना गरेको आरोप उनीमाथि छ।

बचतकर्ताहरूले आफूहरूले जम्मा गरेको रकमको साँवा र ब्याज मागेका थिए। पटक पटक धाउँदा पनि रकम नपाएपछि बचतकर्ताहरूले चौलागाईविरुद्ध उजुरी दिएका थिए।

सोही उजुरीका आधारमा चौलागाईलाई पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया