वैदेशिक रोजगार विभागका नासुविरुद्धको भ्रष्टाचार मुद्दामा


काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नायब सुब्बा प्रमोद पाण्डे प्रतिवादी भएको भ्रष्टाचार मुद्दामा सरकारी साक्षीका रूपमा पेस गरिएका देव बहादुर थापाविरुद्ध मुद्दा दायर गरेको छ ।

प्रतिकूल बकपत्र गरेको आरोपमा वैदेशिक रोजगार विभाग बुद्वनगर काठमाडौंका नासु पाण्डेले घुस-रिसवत लिई भ्रष्टाचार गरेको मुद्दामा सरकारी साक्षीका रूपमा विशेष अदालतमा पेस गरिएका दैलेखको नैमुले गाउँपालिकाका थापाविरुद्ध मुद्दा दायर गरिएको हो ।

अनुसन्धानका क्रममा सरकारी साक्षीको रूपमा पेश गरिएकोमा थापाले विशेष अदालत काठमाडौंसमक्ष बकपत्र गर्दा आयोगबाट अनुसन्धानको क्रममा गरिएको बयान ब्यहोराको प्रतिकूल हुने गरी बकपत्र गरेको अख्तियारको दाबी छ ।

थापाको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (३) बमोजिम भ्रष्टाचारजन्य कसुर भएकोले उनलाई तीस हजार रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र सोही ऐनको दफा ३ को उपदफा (१) को खण्ड (ख) बमोजिम कैद र बिगो बमोजिम जरिवाना गरी उक्त बिगोसमेत जफत हुन मागदावी लिई आज विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता भोला दाहालले बताए ।

प्रतिक्रिया