

माल्दिभ्सविरुद्धको खेलमा नेपाललाई छैठौं सफलता

काठमाडौं – एसियन गेम्सअन्तर्गतको दोस्रो खेलमा माल्दिभ्सविरुद्ध नेपालले छैठौं सफलता हात पारेको छ ।
चीनको हाङजोउमा जारी खेलमा टस जितेर पहिलो ब्याटिङ गरेको नेपालले दिएको २१३ रनको लक्ष्य पछ्याउने क्रममा माल्दिभ्सले १० ओभरमा ३२ रन बनाएर ६ विकेट गुमाएको छ ।
नेपालका लाग अविनास बोहोराले ३ विकेट लिएका छन् भने सोमपाल कामी, गुल्सन झा र सन्दीप लामिछानेले १/१ विकेट हात पारेका छन् ।
त्यसअघि कप्तान रोहित पौडेलको ५२ रन कुशल भुर्तेलको ४७ रनको मद्दतले २० ओभरमा ७ विकेटको क्षतिमा २१२ रन बनाएको थियो ।

