

नेपालले दियो माल्दिभ्सका लागि २१३ रनको लक्ष्य

काठमाडौं – एसियन गेम्सअन्तर्गतको दोस्रो खेलमा नेपालले माल्दिभ्सलाई २१३ रनको लक्ष्य दिएको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा २१२ रन बनाउँदै उक्त लक्ष्य प्रस्तुत गरेको हो ।
नेपालका लागि कप्तान रोहित पौडेलले अर्धसतक प्रहार गरेका थिए ।
खेलमा रोहित पौडेल ५२ रनको योगदान दिए भने कुशल मल्लले ४७, कुशल भुर्तेलले ३५, गुलशन झालाई ३५ र विनोद भण्डारीले १३ रनको योगदान दिए ।

