

झण्डै ३ किलो सुनसहित विमानस्थलबाट एक महिला पक्राउ

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई किलो ७ सय ग्राम सुनसहित एक महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेमा फिलिपिनी नागरिक रहेको प्रहरीले जनाएको छ । शुक्रबार साँझ ७:२० बजे दुबई हुँदै काठमाडौं आएकी फिलिपिनी एक महिलालाई उक्त परिणामको सुनसहित प्रहरीले पक्राउ गरेको हो ।
उनले सुन धुलो बनाएर प्याड र ब्रा भित्र राखेर ल्याइरहेको अवस्थामा बरामद गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका एसपी पदम विष्टले जानकारी दिए ।
उनलाई बरामद सुजसहित आवश्यक अनुसन्धानको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय, गौचरणमा बुझाइएको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।

