राष्ट्रपतिसहित सबै भिभिआइपीहरू ईन्द्रजात्रा हेर्न हिँडेरै पुगे (फाेटाेफिचर)


काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलसहित भिभिआइपीहरू न्युरोडबाटै हिँडेर ईन्द्रजात्रा हेर्न पुगेका छन्।

भिडभाड हुने र सवारी व्यवस्थापनलाई मध्यनजर गर्दै जुद्धशम्शेरको शालिकदेखि सबै भिआइपीहरु बसन्तपुरसम्म हिँडेर गएका हुन् ।

सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठलगायत ईन्द्रजात्रा हेर्न पुगेका हुन्।

उनीहरूलाई काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले स्वागत गरेकी थिइन्।

प्रतिक्रिया