शिक्षक आन्दोलनरतमा प्रहरीको धरपकट


काठमाडौं – राहत शिक्षकको जारी आन्दोलनरतमा प्रहरीले धरपकट गरेको छ । विद्यायलय शिक्षा विद्येयकको विरोध गर्दै असोज ३ गतेदेखि नेपाल शिक्षक संघको नेतृत्वमा सुरु गरेको थियो ।

शिक्षक संघ र सरकारबीच असोज ५ गते सम्झौता भएपछि अन्य शिक्षक घर फर्किएपनि राहतका शिक्षकले जारी राखेको आन्दोलनमा आज माइतीघरबाट वानेश्वर जाने क्रममा प्रहरीले धरपकट गरेको हो । शिक्षक र प्रहरीबीच बिच केही बेर धकेलाधकेल भएको छ ।

आन्दोलनमा रहेका राहत शिक्षक, बालविकास शिक्षक, पेन्सन वञ्चित शिक्षक लगायतले मंगलबार सिटी बजाएर आन्दोलन गरेका थिए । उनीहरुले काठमाडौंको माइतिघरदेखि बानेश्वर सडकखण्डमा सिटी बजाएर आफ्ना माग पुरा गर भन्दै नारा लगाएका थिए ।

गत असोज ७ गते नेपाल शिक्षक महासंघ र सरकारबीच ६ बुँदे सम्झौता भएको थियो । उक्त सम्झौतामा आफूहरूले उठान गरेका माग सम्बोधन नगरिएको भन्दै राहत शिक्षक लगायतले आन्दोलनलाई निरन्तरता दिने निर्णय गरेका थिए । उनीहरूले सत प्रतिशत स्थायीको माग राख्दै आएका छन् ।

प्रतिक्रिया