काठमाडौं महानगर र ईःबीच वार्ता हुँदै


काठमाडौं — काठमाडौं महानगरपालिका र ईःबीच वार्ता हुने भएको छ । राष्ट्रिय सभागृहबाहिर ८ दिनदेखि उभिइरहेका अभियन्ता ईः र काठमाडौं महानगरपालिकाबीच आज केही बेरमा वार्ता हुने भएको हो ।

वार्तामा काठमाडौं महानगरपालिकाको तर्फबाट प्रवक्ता नवीन मानन्धरको नेतृत्वमा वार्ता टोली बनाएको छ भने आन्दोलनरत पक्षबाट अभियन्ता ईःसहितको टोली वार्तामा जाने भएको छ ।

मंगलबारको वार्तामा महानगरबाट प्रवक्ता मानन्धरसँगै दुईजना वडाध्यक्ष, कानुन तथा मानव अधिकार विभागका प्रमुख बसन्त आचार्य, मेयर बालेनको सचिवालय प्रतिनिधि बस्ने तय भएको छ । आन्दोलनरत पक्षबाट ईः, कानुन विज्ञ, शहरी विकास विज्ञसहित ४ जनाको टोली जानेछ ।

वार्तामा मेयर बालेन शाह भने नबस्ने भएका छन् ।

प्रतिक्रिया