एकता र सद्भाव कायम गरेर अगाडि बढ्नुपर्ने आवश्यकता छ : गृहमन्त्री श्रेष्ठ


विराटनगर – उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रदेशको समृद्धिका लागि सद्भाव र एकता कायम गरेर अगाडि बढ्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।

कोशी प्रदेशको राजधानी विराटनगरमा आयोजित सुरक्षासम्बन्धी छलफलमा बोल्दै उनले यस्तो बताएका हुन् ।

कुनै पनि असहमतिलाई सम्वादद्वारा टुङ्गो लगाउन समेत उनले आग्रह गरेका छन् ।  सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्न जोड दिँदै उनले कोशी प्रदेशमा भईरहेका पछिल्ला गतिविधि तर्फ लक्षित गर्दै सामाजिक सद्भाव र सहिष्णुताको रक्षा गर्नुपर्ने बताए ।

उनले भने,‘ अहिले कोशी प्रदेशमा विविधता बीचको एकता, सहिष्णुतालाई कमजोर पार्न खोजिएको छ ।’ जातीय, भाषिक, सांस्कृतिक र धार्मिक विषयमा सद्भाव र सहिष्णुता कायम गर्नु नै मुख्य कुरा रहेको  उनले बताए ।

प्रतिक्रिया