

एमाले अधिवेशनमा भोजपुरबाट सबै प्रतिनिधि सर्वसम्मत छनौट

विराटनगर – नेकपा एमालेको प्रथम कोशी प्रदेश अधिवेशन लागि भोजपुरका सबै स्थानीय तहबाट सर्वसम्मत प्रतिनिधि छनौट भएको छ ।
एमाले भोजपुरका अनुसार एमाले प्रदेश कमिटीको अधिवेशनमा साल्पासिलिछो गाउँ पालिकाबाट खगेन्द्र राई र सङ्गिता चौहान, षडानन्द नगरपालिकाबाट सुरेन्द्र कुमार उदास, खडग पौडेल,मान बहादुर खत्री रोशन बस्नेत ,मेरिका राई ,लक्ष्मीकला राई (जिसि) प्रतिनिधि चयन भएका छन् ।
यस्तै अरुण गाउँ पालिकाबाट शेर बहादुर श्रेष्ठ, कबिता राई प्रतिनिधि चयन भएका छन् । यस्तै पौवादुङ्गा गाउँ पालिकाबाट ज्ञानेन्द्र राई ज्योत्सना राई भोजपुर नगरपालिका बाट गणेस श्रेष्ठ ,भरत तामाङ, लक्ष्मण खड्का, निर्मला शेर्पा अधिबेशन प्रतिनिधि चयन भएका हुन्।
यस्तै टेम्केमयुङ गाउँ पालिकाबाट ध्रुव राई, बिष्णु राई रमा राई, रामप्रसाद राई गाउँपालिकाबाट प्रेम कार्की कमलादेबि राई ,हतुवागढी गाउँपालिकाबाट धनहर्क राई प्रेम कुमार राई, सजना परिया , आमचोक गाउँपालिकाबाट बहादुर राई, साईती राई प्रतिनिधि छनौट भएका छन् । असोज १२ र १३ गते विराटनगरमा हुने प्रथम अधिवेशनमा भोजपुर जिल्लाबाट २७ जना प्रतिनिधि छनौट भएका हुन् ।

