

गैरीगाउँ सामूहिक हत्या प्रकरणमा पक्राउ परेका राई रिहा

काठमाडौं – काठमाडौंको तीनकुनेस्थित गैरीगाउँमा सामूहिक हत्या प्रकरणमा पक्राउ गरेका दीपेन्द्र राईलाई प्रहरीले छाडेको छ ।
हत्यामा उनको कुनै संलग्नता नरहेको खुलेपछि रिहा गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक सोमेन्द्रसिंह राठौरले जानकारी दिए ।
राठौरका अनुसार उक्त हत्या प्रकरणमा राईको संलग्नताका कुनै आधार फेला नपरेपछि रिहा गरिएको हो । घटनामा संलग्न प्रहरीले सिन्धुपाल्चोक, बाह्रबिसे घर भई हाल काठमाडौंको काँडाघारी बस्ने २३ वर्षीय सञ्जय भण्डारीलाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको थियो ।

