एसिया कप क्रिकेटको उपाधि भारतलाई


काठमाडौं – एसिया कपको क्रिकेटको उपाधि भारतले जितेको छ ।

फाइनल खेलमा घरेलु टोली श्रीलंकालाई १० विकेटले हराउँदै भारतले उपाधि जितेको हो । टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंका १५ दशमलब २ ओभरमा ५० रन बनाउँदै अलआउट भएको थियो ।

भारतलाई जिताउन इशान किसनले २३ र शुभमन गिलले २७ रन बनाए । उनीहरु दुवै नट आउट रहे । यो भारतको ८औं एसिया कप उपाधि हो ।

प्रतिक्रिया