सुन प्रकरणबारे छानबिन आयोग बनाउने प्रक्रिया अघि बढिसक्योः प्रधानमन्त्री


काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुन तस्करी प्रकरणबारे उच्चस्तरीय आयोग बनाउने प्रक्रिया अघि बढेको बताएका छन्।

प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् । प्रधानमन्त्री प्रचण्डले प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीले सुन तस्करीका सम्बन्धमा अनुसन्धान पूरा गरी प्रतिवेदन बुझाइसकेको पनि बताए ।

प्रधानमन्त्री प्रचण्डले भने,‘यसअघि भएको सहमतिअनुसार उच्चस्तरीय छानबिन आयोग बनाउने प्रक्रिया अगाडि बढेको पनि सदनलाई जानकारी गराउन चाहन्छु।’

सुन प्रकरणबारे अध्ययन तथा अनुसन्धान गर्न आयोग असोज ५ गते गठन गर्ने र सोही दिनदेखि काम थाल्ने सहमति भएको थियो।

प्रकरणमा छानबिन गर्न उच्चस्तरीय छानबिन आयोग गठनको प्रक्रिया अघि बढिसकेको प्रधानमन्त्री प्रचण्डको दाबी छ ।

यस्तै कांग्रेस नेता महेन्द्र यादवमाथि भएको आक्रमणलाई गम्भीर रुपमा लिएर आक्रमणकारीलाई कारबाही प्रक्रिया अघि बढेको प्रधानमन्त्री प्रचण्डले बताए ।

 

प्रतिक्रिया