नेम्वाङलाई श्रद्धाञ्जली दिन पुगेकी पूर्वराष्ट्रपति भण्डारीले थाम्न सकिनन् आँशु


काठमाडौं – एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनमा श्रद्धाञ्जली अर्पण गर्न एमाले पार्टी कार्यालयमा पुगेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी भावविव्हल बनेकी छन् । एमाले पार्टी कार्यालय च्यासलमा उनले आफ्नो आँशु थाम्न सकिनन् ।

नेम्वाङको पार्थिव शरीरमा माल्यार्पण गर्न च्यासलमा विभिन्न दलका नेता-कार्यकर्ताहरूको भीड लागेको छ ।

पूर्वराष्ट्रपति भण्डारी एमाले अध्यक्ष केपी शर्मा ओली छेउको सोफामा बसेकी थिइन् । उनलाई सम्हालिन कठिन भइरहेको देखिन्थ्यो । पटकपटक रुमालले आँशु पुछिरहेकी थिइन् ।

पूर्वराष्ट्रपति भण्डारी सम्हालिन गाह्रो भएपछि पार्टी कार्यालयमा एमाले अध्यक्षको कार्यकक्षमा आराम गर्न पठाइएको थियो ।

प्रतिक्रिया