सुवास नेम्वाङको निधनले स्तब्ध भएँ : पूर्वराष्ट्रपति भण्डारी


काठमाडौं – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले संविधानसभा अध्यक्ष तथा एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधनले स्तब्ध भएको बताएकी छन् ।

मृदुभाषी, शालीन व्यक्तित्वका धनी, समन्वयकारी गुण भएका नेम्वाङको निधनले सिङ्गो पार्टी र राष्ट्रलाई अपूरणीय क्षति पुगेको भण्डारीले बताइन् ।

नेम्वाङकोप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनले शोकाकुल परिवारजन र पार्टी परिवारमा गहिरो समवेदना व्यक्त गरिन् ।

सामान्य रुघाखोकी लागेर घरमा आराम गरिरहेका नेम्वाङलाई गए राति हृदयाघात भएपछि उपचारका लागि त्रिवि शिक्षण अस्पताल लगिएकामा राति नै उनको निधन भएको थियो ।

प्रतिक्रिया