


नेम्बाङको शव भोलिसम्म पार्टी कार्यालयमा राखिने, छोरा अष्ट्रेलियाबाट आएपछि अन्तिम संस्कार गरिने

काठमाडौं – संविधानसभा अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थिव शरीर आज दिनभरि र भोलि मध्यान्हसम्म पार्टी कार्यालयमा राखिने भएको छ ।
हृदयघातबाट निधन भएको नेम्वाङ पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि एमाले पार्टी कार्यालय च्यासलमा राखिने भएको हो ।
पारिवारिक स्रोतका अनुसार नेम्वाङको अन्तिम संस्कार भने अष्ट्रेलियाबाट छोरा आएपछि मात्रै हुनेछ ।
‘आज र भोलि श्रद्धाञ्जलीका लागि शव पार्टी कार्यालयमा राखिने छ। भोलि अपराह्नपछि मात्रै अन्तिम संस्कार हुन्छ,’ इलाम १ का सांसद महेश बस्नेतले भने ।
एमाले पार्टी कार्यालयमा श्रद्धाञ्जलीपछि मुन्धुम संस्कृतिअनुसार पूजाआजा गरेर अन्तिम संस्कार गरिनेछ ।

