विमानस्थल भन्सारबाट औषधिको भन्सार पास बाहेक सबै काम अवरुद्ध


काठमाडौं – त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा आज बसैजसो काम ठप्प भएको छ। ६० किलो सुन तस्करी प्रकरणमा छानविन गरी अनावस्यक दुख दिएको भन्दे आन्दोलनरत कर्मचारीले औषधिको भन्सार पास बाहेकका सबै काम ठप्प पारेको हो ।

आइतबार कर्मचारीहरुले प्रमुख भन्सार प्रशासकलाई पत्र लेख्दै विरोध कार्यक्रमबारे जानकारी गराएका थिए। उनीहरुले कर्मचारीमाथि धरपकड गरी हिरासतमा लिने लगायतका कार्य अविलम्ब बन्द गर्नुपर्ने माग गरेका छन्। कार्यस्थलमा नियमति उपस्थिति भई निर्भिक रुपमा उच्च मनोबलका साथ कार्य गर्ने वातावरण समेत हुनपर्ने मागपत्रमा उल्लेख छ।

पछिल्लो समय सुन पास भएको विषय बाहिर आएपछि विमानस्थल कर्मचारीमाथि धरपकड भइरहेको भन्दै आक्रोश व्यक्र गरेका हुन्। सुन प्रकरणमा हाल विमानस्थलका केही कर्मचारीहरु गिरफ्तार छन्। उनीहरुलाई के कति कारणले गिरफ्तार गरेको होरु सो विषय कर्मचारी कार्यरत कार्यालयलाई समेत जानकारी नदिइएको आन्दोलनरत कर्मचारीहरुको आरोप छ।

अमानवीय तरिकाले गिरफ्तार गरेकोले उनीहरुलाई रिहा गर्नुपर्ने, दोषि प्रमाणित नहुँदै कर्मचारीको वैयक्तिक विवरण सार्वजनिक गर्ने काम अविलम्ब बन्द गरिनुपर्ने लगायत माग कर्मचारीहरुले अघि सारेका छन्।

प्रतिक्रिया