

किन बस्दैछ मन्त्रिपरिषदअघि सुरक्षा परिषद बैठक ?

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज सुरक्षा परिषदको बैठक बोलाएका छन्। बैठक आज (मंगलबार) बिहान बस्न लागेको रक्षा मन्त्रालयका सचिव रेश्मीराज पाण्डेले बताए। सिंहदरबारस्थित परिषद कार्यालयमा बैठक बस्न लागेको हो।
बैठकलाई नियमित भनिएको छ । सुरक्षा परिषदमा प्रधानमन्त्रीसहित रक्षा, गृह, परराष्ट्र, अर्थ, मुख्यसचिव र प्रधानसेनापति सदस्य हुन्छन्।
प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले आजै मन्त्रिपरिषद बैठक बस्ने पनि जानकारी दिए। ‘मन्त्रिपरिषद बैठक बस्दैछ। त्यसअघि परिषद बैठक बस्न सक्छ,’ उनले भने।
सुरक्षा परिषद् बैठक लगत्तै बालुवाटारमा मन्त्रिपरिषद् बैठक पनि बस्दै छ । परिषद्को नियमित बैठक हिजो सोमबार बस्ने भनिए पनि प्रधानमन्त्री ओली उपत्यका बाहिर जानु परेका कारण स्थगित भएको थियो । बैठक आज साढे १० बजेलाई बोलाइएको छ ।
आज बस्ने दुबै बैठकलाई विशेष चाँसोका साथ हेरिएको छ ।

