

सिंहदरबारमा मन्त्रिपरिसद् बैठक सुरु

काठमाडौं – सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बुटवलबाट फर्किए लगत्तै मन्त्रीपरिषद बैठक सुरु भएको हो ।
बैठकमा मन्त्रालयका नियमित प्रस्तावहरूमाथि छलफल तथा निर्णयसँगै एक सचिव बढुवा गरिँदै छ ।
सोमबार सिफारिस तीन सहसचिवहरू दिनेशकुमार घिमिरे, राधिका अर्याल र चुडामणि पौडेलमध्ये एक जनालाई सचिव बनाउने निर्णय हुँदैछ ।

