

सुन तस्करी प्रकरणबारे अनुसन्धान गर्न एआईजी बज्राचार्यको नेतृत्वमा समिति गठन

काठमाडाैं – सुन तस्करीबारे अनुसन्धान गर्न प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यको नेतृत्वमा समिति गठन गरिएको छ ।
हङकङबाट तस्करी गरेर ल्याएको ६० किलो ७ सय १६ ग्राम सुन तस्करीबारे अनुसन्धान गर्न प्रहरी महानिरीक्षक वसन्त कुँवरले सो समिति गठन गरेका हुन् । बज्राचार्य सिआईबीकी निर्देशक हुन् ।
केन्द्रीय अनुसन्धान ब्युरोले एसपी सञ्जयसिंह थापाको कमान्डमा टिम बनाएर साउन २२ देखि अनुसन्धान सुरु गरेको थियो । अनुसन्धान टोलीलाई अनुगमन र सहजीकरण गर्न उच्चस्तरीय समिति गठन गरिएको प्रहरी प्रधान कार्यालयका एक जना उच्च अधिकृतले बताए ।
‘रेडी ट्रेड प्राली’ले मोटरसाइकल र स्कुटरको ‘ब्रेक प्याड’मा लुकाएर काठमाडौँ ल्याएको सुन साउन ३ मा राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो ।

