

सन्दीप भोली पाकिस्तान जाँदै, अर्को सुनुवाइ भदाै २१ गते

काठमाडौं — सन्दीप लामिछाने भोलि (सोमबार) पाकिस्तान जाने भएका छन् ।
आज अदालतमा सुनवाइ स्थगित भएसँगै उनी एसिया कप क्रिकेट प्रतियोगिताका लागि भोली पाकिस्तान जाने भएका हुन् ।
अदालतले अर्को पेशी २१ भदौमा तोकेको छ । एसिया कप १३ भदौबाट सुरु हुँदैछ । नेपालको पहिलो खेल १३ गते पाकिस्तानसँग र दोस्रो खेल भारतविरुद्ध १८ गते रहेको छ । अर्को पेशीमा उपस्थित हुनुपूर्व सन्दीपले यी दुई म्याच खेल्न भ्याउनेछन् ।
यदि नेपालले अर्को चरणमा पुग्ने सम्भावना भयो भने सन्दीप फेरि नेपाल आएर पाकिस्तान फर्किनुपर्ने छ ।
मुद्दाको दवावका कारण एसिया कप नखेल्ने मनस्थिति बनाए पनि समर्थकको चाहना र आग्रहमा जान लागेको स्रोतले बतायो ।

