पूर्वाधार विकास समिति सभापतिमा दिपक सिंहले उम्मेदवारी दिने


काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पूर्वाधार विकास समितिको सभापति पाउने भएको छ।

सत्ता साझेदार दलहरूले राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीलाई पनि समितिको सभापति दिन तयार भएपछि राप्रपाले पूर्वाधार विकास समितिको सभापति पाउने भएको छ । त्यसका लागि रापपाले मकवानपुरबाट निर्वाचित सांसद दीपक सिंहलाई उम्मेदवार बनाउने निर्णय गरेको प्रमुख सचेतक ज्ञानबहादुर शाहीले जानकारी दिए।

दीपक सिंहले ऊर्जा राज्यमन्त्रीको पनि जिम्मेवारी सम्हालिसकेका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा सुरूमा राप्रपा पनि सहभागी थियो। सिंह त्यतिबेला राज्यमन्त्री नियुक्त भएका थिए।

प्रतिक्रिया