सन्दीप लामिछानेको एसिया कप यात्रा के होला ?


काठमाडाैं – नेपाली क्रिकेट टिमले इतिहास रच्ने संघारमा रहेको छ । एसीसी एसिया कप भदौ १३ बाट –अर्थात अगस्ट ३० देखी सेप्टेम्वर १३ तारिखसम्म पाकिस्तान र श्रीलंकामा संयुक्त रुपमा हुन लागिरहेको छ । एसिया कपको लागि केही दिन इन्डोर तयारी गरेर नेपाली टोली भदौ ६ गते पाकिस्तान प्रस्थान गरिसकेको छ । एसिया कप खेल्ने टोलीहरुमध्ये नेपाल पहिलो टोली हो पाकिस्तान पुग्ने टिम । पाकिस्तानमा केही दिनको अभ्यासपछि स्थानीय टिमसँग अभ्यास खेल्ने जनाइएको छ ।

एसिया कप खेल्ने टोलिलाई २ समुहमा विभाजन गरिएको छ । नेपालको समूहमा विश्व विजेता पाकिस्तान र भारत रहेका छन् । र अर्को समूहमा श्रीलंका, बंगलादेश, अफगानीस्तान रहेका छन् । नेपाल रहेको समूह कठिन समुहको रुपमा रहेको छ ।

नेपाली क्रिकेटले पाएको अहिलेसम्मको ठुलो उपलब्धिको रुपमा यस प्रतियोगितालाई हेरिएको छ । त्यसका लागि नेपालले पाएको मौकालाई सदुपयोग गर्दै आफूलाई क्रिकेट राष्ट्रको रुपमा प्रमाणित गर्ने अवसर समेत छ । नेपालले पहिलो पटक एसीयाकप खेल्न लागेको हो । यसभन्दा २१ वर्ष अघि नेपाल एसियाकपका लागि छनोट भए पनि भारत र पाकिस्तानबीचको राजनीतिक टकराबबीच प्रतियोगिता नै नभएपछि एसियाकप नै स्थगित भएको थियो र नेपालको त्यतिबेला विश्वक्रिकेटका महान् हस्तीहरु भारत, पाकिस्तान र श्रीलंकासँग खेल्ने सपना अधुरै रहेको थियो ।

यही वैशाखमा राजधानीको त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा भएको एसिसी प्रिमिएर कपमा युएईलाई हराउँदै नेपाल एसिया कपको लागि छनोट भएको थियो । त्सपछि नेपाली टोलीले जिम्वाबेमा भएको विश्वकप क्रिकेट क्वालिफायर मा वेस्ट इन्डिज र जिम्बाबेसँगको खेलले अनुभव बटुलेको छ । रोहित पौडेलको कप्तानीमा पाकिस्तान गएको नेपाली टिमले त्यतिबेलाको अनुभवलाई बलिया टोलीविरुद्ध प्रयोग गर्ने पनि रोहितले जनाएका छन् ।

विश्वक्रिकेटमा आप्mनो राम्रो छाप पार्न सफल नेपाली राष्ट्रीय क्रिकेट टिमका पूर्व कप्तान एवं महत्वपूर्ण सदस्य सन्दीप लामिछाने कानुनी उल्झनमा अल्झिएका छन् । नाबालिक बलात्कारको अभियोगमा अदालतमा मुद्दा परेपछि सुनुवाईको अन्तिम चरणमा रहेका सन्दीपले यसपटकको एसियाकपका लागि टिमसँग सहभागिता जनाएका छैनन् । सन्दीपको मुद्दाको सुनुवाई आजबाटै हुने भएकोले यदि फैसला आएको खण्डमा र सफाइ पाएको खण्डमा उनी आजै पाकिस्तान पठाउने तयारी गरिएको छ । सन्दीपको अनुपस्थिति नेपाली टिमलाई ठूलो असर पर्नेमा कुनै द्विविधा छैन । किनभने एसीसी प्रिमियरका सुरुवाती खेलमा नेपाल नेपाली टिममा सन्दीप सहभागी नभएपछि नेपालले लगातार पराजय भोग्दै आएको थियो भने पछिल्लो समय उनको उपलब्धतापछि १२ खेलमा ११ खेलमा जित हात पारेको थियो । सन्दीपको उत्कृष्ट प्रदर्शनसँगै नेपालले वान डे मान्यता कायम गरेको थियो भने विश्वकप क्वालिफायरमा समेत स्थान बनाएको थियो ।

काठमाडौंमा सम्पन्न एसिसि प्रिमियर कप क्रिकेटमा प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडीका रुपमा प्लेयर अफ द सिरिज भएका थिए । त्यसबाट पनि नेपाली टिममा सन्दीपको भूमिकालाई मान्न सकिन्छ । आईसीसीको विश्ववरियतामा २२ औं स्थानमा रहेका सन्दीको नाममा सर्वाधिक छिटो १०० विकेट लिने खेलाडीको समेत विश्वरेकर्ड रहेको छ । उनले यसअघि अफगानिस्तानका स्टार बलर राशिद खानले राखेको सर्वाधिक छिटो विकेट लिने सूचीलाई पछि पार्दै ४२ खेलमा १०० विकेट लिएर उक्त कीर्तिमान आप्mनो नाममा लेखाएका छन् ।

एसोसियट क्रिकेट टिममा नम्बर वान बलरका रुपमा परिचित सन्दीपले विश्व क्रिकेटका प्रायः सबै प्रतियोतिगामा खेलिसकेका छन् । उनले कुनै पनि बेला कुनै पनि टिमलाई राम्रोसँग दबाब बनाउन सक्नेमा कुनै द्विविधा छैन । त्यसैले आसन्न एसियाकपमा पनि सन्दीपको उपस्थिति नेपालका लागि अपरिहार्य छ ।

अन्तिम सुनुवाईका लागि भन्दै आजका लागि उनको मुद्दाको पेसी तोकिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रकाशप्रसाद पण्डीतको एकल इजलासमा तोकिएको उनको मुद्दा पाँचौं नम्बरमा रहेको छ । सम्भवतः सुनुवाईको पालनो आउने भएता पछि पछिल्लो समय उनको मुद्दामा केही प्रमाणहरु जुटाउने क्रम रहेकोले आजै फैसला हुने सम्भावना भने ज्यादै न्यून छ । यदि उनको मुद्दा आजको इजलासबाट फैसला वा केही समयपछि सरेको खण्डमा उनी आजै साँझ पाकिस्तान जाने तयारी गरिएको छ ।

प्रतिक्रिया