पूर्णमायासँग माफी माग्दै भीम उपाध्यायले भने, ‘असमझदारी बहिनी र मेरो बीचमात्र हो, तेस्रो पक्ष बीचमा नआइदिनुहोला’


काठमाडौं – पूर्वसचिव भीम उपाध्यायले चितवनकी पूर्णमाया गुरुङसँग माफी मागेका छन् । धरानमा गोरु खानेहरु क्याप्सनमा राखेको फोटोका सम्बन्धमा आप्mनो चरित्रहत्या भएको भन्दै प्रहरीमा उजुरी दिएकै गुरुङसँग माफी माग्दै उक्त फोटो डिलिट गरेको पनि उनले जनाएका छन् ।

उनले माफी मागेको भन्दै सामाजिक सञ्जालमा लेखेका छन्, चितवनकी भरतपुर-१६ की पूर्णमाया गुरूंग बहिनीलाई फोन गरेर मेरो पोष्टले पारेको मानसिक पीडामा मैले गहिरो दुःख प्रकट गर्दै क्षमा मागिसकेको छु। यो तथ्य जानकारी आउनासाथ मैले त्यो फोटो पोष्ट डिलिट गरिसकेको छु। मेरो मेसेन्जरले विगत ४/५ दिनदेखि काम नगर्दा उनले पठाएको मेसेज मैले पढ्न नपाउदा हामीबीच बेलैमा सम्पर्क हुन नसकेको रहेछ । नभए यो समस्या उतिनै बेला सल्टिसकेको हुने थियो। प्रविधिको समस्याले गर्दै यस्तो हुन पुगेको हो।

यो असमझदारी गुरूंग बहिनी र मेरो बीचको मात्र हो। तेश्रो पक्ष बीचमा नआईदिनुहोला। हामी दुबै सनातनी हिन्दु र गाईगोरू पुजा गर्ने, गाई गोरूको मासु नखाने मान्यता राख्ने एकै समुदाय हौँ। धरानमा हामीले देउता मान्ने गोरू काटिदा हामी दुबै निकै अपमानित भएका छौँ । कानुनले प्रतिवन्धित गोरू काटेर खाने र तिनको समर्थकहरू हामी गोरूलाई पुजा गर्ने दुई जनाबीचमा नआउनुहोला । यसलाई हामी दुईको आपसी कुरा मानेर टाढै बस्नुहोला। मेरी फेसबुक फ्यान पनि रहेकी बताउने गुरूंग बहिनीले मेरो फोनमा भएको कुरालाई मनन गरिसक्नु भएको छ। कसैबाट थप उछाल्न नखोजियोस्। अनुकूल मिलेमा कुनै दिन म स्वयं बहिनीलाई भौतिक भेट गरेर पुनः क्षमा माग्ने छु।

त्यसअघि गुरुङले फोटो प्रकाशित गरि आप्mनो चरित्र हत्या गरेको भन्दै चितवन प्रहरीमा कारबाहीका लागि उजुरी दिएकी थिइन् ।

प्रतिक्रिया