बारा जिल्लाको मालपोत प्रमुख ६ लाख घुससहित रङ्गेहात पक्राउ


काठमाडौँ । बारा जिल्लाको सिमरास्थित मालपोत कार्यालयका निमित्त प्रमुख मनोजकुमार खनाल ६ लाख घुससहित अख्तियारको नियन्त्रणमा परेका छन् ।

बाराको जितपुरमा रहेको जग्गा सर्जमिन मुचुल्का गरी पास गराउनका लागि भन्दै सेवाग्राहीसँग घुस मागेपछि नायब सुुब्बा खनाल अख्तियारको नियन्त्रणमा पुुगेका हुन् ।

जग्गा पास गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग घुस मागेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको काठमाडौंबाट गएको टोलीले खनालसहित लेखापढी व्यवसायी बद्री बडाललाई पक्राउ गरेको हो । उनीहरुलार्ई अमलेखगञ्जस्थित एक होटलबाट घुसवापतको रकम लिइसकेको अवस्थामा रङ्गेहात पक्राउ गरिएको हो ।

प्रतिक्रिया