


माओवादी केन्द्रीय सदस्यमा गाैतम र मण्डल मनोनित

काठमाडौं – नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिमा २ जना सदस्य थप भएका छन् ।
केन्द्रीय कार्यालयले गरेको निर्णय अनुसार कोशी प्रदेशको सभामुखबाट राजीनामा दिएर मन्त्री बनेका बाबुराम गौतम र सप्तरीका अशोक कुमार मण्डल केन्द्रीय सदस्य मनोनित भएका हुन् ।
अब माओवादी केन्द्रीय सदस्यको संख्या ४१० नाघेको छ । यसअघि १० जना महिला मनोनित भएका थिए ।
थप गरेको केन्द्रीय कोषाध्यक्ष श्रीराम ढकालले बताए ।
गौतम र मण्डलाई केन्द्रीय सदस्य बनाएपछि माओवादी केन्द्रमा अहिले ४०९ केन्द्रीय सदस्य पुगेको छ ।
हालै बसेको केन्द्रीय कमीटीको बैठकले विधान अनुसार महिलाको कोटा पुर्याउनको लागि २२ जना केन्द्रीय सदस्य थप गरेको थियो ।

