२० सेकेण्डभन्दा कम समयमा ट्रम्पको ३४ तल्ले प्लाजा ध्वस्त


अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको चर्चित ट्रम्पको ३४ तल्ले प्लाजा ध्वस्त परिएको छ । तीन हजार डायनामाइटको सहयोगले ३४ तल्ले उक्त भवनलाई विष्फोट गरिएको दृष्य हेर्नका लागि व्यवस्था समेत गरिएको थियो ।

उक्त प्लाजा सन् १९८४ देखि सञ्चालनमा थियो भने सन् २०१४ मा बन्द गरिएको थियो । जब उक्त भवन भत्काइरहेको थियो, त्यो दृष्य हेर्नाका लागि त्यहाँ सयौं मानिस उपस्थित मात्र थिएनन्, उक्त दृष्यको प्रत्यक्ष प्रसारणसमेत गरिएको थियो ।

उक्त प्लाजालाई ढालिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भैरहेको छ । ३४ तल्ले उक्त विशाल भवनलाई ढाल्नका लागि २० सेकेण्डभन्दा कम समय लागेको थियो ।

बुधवार बिहान ९ बजेका आसपास उक्त बिल्डिङमा एकपछि अर्को गर्दै लगातार थुप्रै पटक विस्फोट गरियो, जसबाट पुरै भवन हल्लिन थाल्यो । अमेरिकाको एट्लान्टिक शहरस्थित उक्त प्लाजा क्यासिनोका लागि परिचित थियो ।

प्रतिक्रिया