सन्दीपको मुद्दा न्यायाधीश खतिवडाको इजलासमा


काठमाडौं – क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दा आज काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजुकुमार खतिवडाको इजलासमा परेको छ ।

नाबालिग बलात्कारको आरोपमा सन्दीपविरुद्ध परेको मुद्दाको सुनुवाइ धेरैपटक सर्दै आएको छ ।

लामिछाने पक्षले ‘गौशाला’ २५ को जन्ममिति गलत भएको र उनी नाबालिग नभएको जिकिर गर्दै प्रमाण पेस गरेको थियो । त्यसरी पेस गरिएको जन्मदर्ताको प्रमाणपत्र नै नक्कली प्रमाणित भएपछि पहिलोपटक मुद्दाको सुनुवाइ हुन लागेको हो ।

जिल्ला अदालतले आज फैसला दिने आंकलन गरिएको छ ।

प्रतिक्रिया