एकैदिन ४ लाखबढी नयाँ संक्रमित थपिए


काठमाडौं – विश्वमा कोरोना संक्रमितको संख्या एक्कासी बढ्दो क्रममा देखिएको छ । पछिल्लो २४ घन्टामा मात्र विश्वभर ४ लाख भन्दा बढी नयाँ संक्रमित देखिएका छन् ।

पछिल्लो तथ्यांकअनुसार पछिल्लो २४ घन्टामा ४ लाख ३४ हजार २ सय ९ जना नयाँ संक्रमित थपिएसँगै विश्वमा हालसम्म संक्रमित संख्या ४ करोढ १४ लाख ५९ हजार २ सय ७ पुगेको छ भने कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ लाख ३५ हजार ६ सय ४५ पुगेको छ । पछिल्लो २४ घन्टामा ६ हजार ७ सय ९७ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

हालसम्म विश्वमा ३ करोड ८ लाख ८७ हजार ४ सय १८ जना कोरोना मुक्त भइसकेका छन् । हालसम्म संक्रमितमध्ये सबैभन्दा धेरै अमेरिकामा रहेका छन् । अमेरिकामा हालसम्म कोरोनाबाट संक्रमितको संख्या ८५ लाख ८१ हजार ९ सय ९३ पुगेको छ भने २ लाख २७ हजार ३ सय ५७ जनाले ज्यान गुमाइसकेका छन् ।

प्रतिक्रिया