

संसद विघटनमा बहस सक्दै प्रधानन्यायाधीश राणाले मागे नोट, मुद्दा हेर्दाहेर्दैमा जाने अग्रिम जानकारी

काठमाडौं– प्रतिनिधि सभा विघटनको मुद्दामा एमीकस क्युरी गीता पाठकको रायसँगै शुक्रबार बहस सकिएको छ।
संवैधानिक इजालशमा उनले राय दिएपछि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले पक्ष, विपक्ष र एमीकस क्युरीको बहस नोट सोमबारसम्म बुझाउन भनेका छन्।
उनले उक्त बहस नोट अध्ययनलगायतको समयलाई ख्याल राख्दै उक्त मुद्दा त्यसपछि हेर्दाहेर्दैमा जाने अग्रिम जानकारी दिएका छन्। फैसला कहिले आउँछ भन्ने कुनै टुंगो भने दिइएको छैन।
सम्भवतः फागुन दोस्रो हप्ताको अन्तिमतिर फैसला दिने तयारी संवैधानिक इजलाशले गरेको छ।

