नेविसंघको असन्तुष्ट पक्षले बुझायो नेता डा. कोइराला र लेखकलाई ज्ञापनपत्र


काठमाडाैं – पछिल्लो समय गरिएको ७१० सदस्यीय तदर्थ समिति मनोनयनबाट असन्तुष्ट पक्षका नेपाल विद्यार्थी संघ (नेविसंघ) ले ज्ञापनपत्र बुझाएको छ।

असन्तुष्ट पक्षले मातृ दल नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला र रमेश लेखकलाई आइतबार ज्ञापनपत्र बुझाएको हो।

गत सोमबार पार्टी सभापति शेरबहादुर देउवाले नेविसंघको इतिहासमै जम्बो तदर्थ समिति गठन गर्दा पनि नेविसंघमा असन्तुष्टि मत्थर भएको छैन । देउवाले नेविसंघ तदर्थ समितिमा सात सय १० जना केन्द्रीय सदस्य मनोनीत गरेका थिए।

तर, इतर समूहले सहमतिअनुसार आफ्नो समूहबाट पठाइएको नाम संस्थापन समूहले मनोमानी ढंगले हटाएको आरोप लगाएका छन्।

असन्तुष्ट समूहका विद्यार्थी नेताहरू दीपक ओझाको नेतृत्वमा अशोक विष्ट, विनोद शाही, रुपेश शाह, सुमित बोहाेरा, किरण नेपाली, दिनेश कार्कीलगायतले नेताहरूलाई ज्ञापनपत्र बुझाएका हुन्।

प्रतिक्रिया