राष्ट्रिय सभा बैठकः आज पनि बैठक अवरुद्ध, अवरोधको विरोधमा सत्तापक्ष पनि उठे आसनबाट


काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले राष्ट्रिय सभाको बैठक अवरुद्ध गरेको छ ।

शुक्रबार बिहान बसेको बैठकमा एमालेले गरेको अवरोधको विरोधमा सत्तापक्षका सांसद पनि आसनबाट उठेका छन् ।

राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सभालाई नियमति चलाउन सबै सांसदहरुलाई बस्न आग्रह गरेका छन् ।

एमालेले तस्करीको सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउन माग गर्दै संसद अवरुद्ध गर्दै आएको छ ।

 

प्रतिक्रिया