

कानुन संशोधन गरेर भएपनि फाँसीको नियम बनाउनुपर्छः प्रेम सुवाल

काठमाडौं – नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले ठूल्ठूला भ्रष्टाचारीहरुलाई कानुन संशोधन गरेर फाँसीको नियम बनाउन माग गरेका छन् ।
प्रतिनिधिसभा संसद्मा सम्बोधन गर्दै सांसद सुवालले ठूला भ्रष्टाचार संलग्नहरुलाई कानुन नै परिवर्तन गरेर फाँसीको व्यवस्था गर्नुपर्ने माग राखेका हुन् ।
प्रमुख प्रतिपक्षी एमालेको लामो समयको अवरोधपछि गृहमन्त्री नारायणकाजी श्रेष्ठले जवाफ दिने भएपछि संसद चलेको हो ।
संसद बोलाइएको समयमा सभामुख र तीन दलका शीर्ष नेताबीचको बैठक हुनु अन्य सांसदहरुको मानमर्दन भएको पनि बताए ।

