
अब चल्ने भो संसद्, गृहमन्त्रीले सुन तस्करी प्रकरणमा जवाफ दिने
काठमाडौं – नेकपा एमालेले प्रतिनिधिसभाको बैठक चल्ने दिने भएको छ ।
उपप्रधान तथा गृहममन्त्री नारायणकाजी श्रेष्ठले सुन तस्करी प्रकरणमा उठेका सवालको जवाफ दिने भएपछि एमाले तत्कालका लागि बैठक चल्न दिन सहमत भएको हो ।
बालुवाटारमा भएको तीन दलको शीर्ष नेताहरूको बैठक आज सदन चल्न दिने सहमति भएको एमालेका सचेतक महेश बर्तौलाले बताए । उनले आजको बैठकमा गृहमन्त्रीले जवाफ दिने र नेताहरूले पनि आफ्नो कुरा राख्ने बताए ।



कागजपत्र |
